• १६ भदौ २०८१, आइतबार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

blog

काठमाडौं, फागुन २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार अपराह्न ४ बजे बैठक बस्न लागेको जानकारी दिनुभयो ।

सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । जसपाको बैठक आज बिहान ८ बजे बसेको थियो । थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो ।