• १६ भदौ २०८१, आइतबार

रामधुनीमा चिल्ड्रेन पार्क निर्माण

blog

सुनसरीको रामधुनी-९ छप्कीमा बालमैत्री भवन तथा चिल्ड्रेन पार्कको शिलान्यास गर्नुहुँदै पूर्व कृषि तथा पशुपंछी विकास राज्यमन्त्री रामकुमारी चौधरी । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, फागुन २१ गते । बालबालिकाहरुको चौतर्फी विकास गर्नका लागि सुनसरीको रामधुनी-९ मा बालमैत्री भवन तथा चिल्ड्रेन पार्क विधिपूर्वक शिलान्यास गरिएको छ । पूर्व कृषि तथा पशुपंछी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक कार्यक्रमका बिच पार्कको शिलान्यास गर्नुभएको हो । 

बालमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै रामधुनीको छप्की पोखरीमा बालमैत्री भवन तथा चिल्ड्रेन पार्क निर्माण गर्न लागिएको छ । वडा नम्बर ९ कार्यालयले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने उद्देश्का साथ बालबालिका हरुको अधिकार संरक्षणका लागि बालमैत्री पार्क निर्माण गर्न लागेको जनाएको छ ।  

पूर्व राज्यमन्त्री चौधरीले भवनको शिलान्यास गर्दै बालबालिकाहरुको अधिकार स्थापित गर्न निर्माण हुन लागेको पार्क नगरकै नमुना भवन तथा पार्क बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणमा राजनीति गर्न नहुने धारणा व्यक्त गर्दै पार्टीको आस्था फरक–फरक भए पनि विकास निर्माणमा एकजुट हनुपर्ने बताउनुभएको छ । 

सङ्घीय सरकारको एक करोड  ६४ लाख १७ हजार १४६ रुपैया बजेटबाट बन्ने पार्कको ठेक्का प्रचबी बिल्डर्स इनरुवा २ सुनसरीले ठेक्का पारेर निर्माणको सुरु गरेको वडा अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, २०८१ असार १० गते सम्पन्न हुने सम्झौता भएको छ । 

कार्यक्रममा पूर्व मेयर जयप्रकाश चौधरीले रामधुनी ९ वडामा बालमैत्री पार्क र पूर्वाधार विकासले नगरको बालबालिकाहरुको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभयो । रामधुनी ९ ले बालमैत्री पूर्वाधार निर्माण कार्यले बालमैत्री नगर घोषणालाई कार्यान्वयवनमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वडाले बालमैत्री घोषणालाई सार्थकता बनाउन आवश्यक बालमैत्री पूर्वाधारका कार्यलाई निरन्तरता दिँदा खुसी लागेको छ ।”

रामकुमारी चौधरी मन्त्री रहँदा रामधुनी नगर विकासमा सङ्घीय सरकारबाट गरेको प्रयासमध्ये चिल्ड्रेन पार्क पनि रहेको पूर्व मेयर चौधरीले जानकारी दिनुभयो । 

पूर्वमन्त्री रामकुमारी चौधरीको योजना र प्रयासबाट छुट्टिएको बजेट कार्यक्रमबाटै वडा अध्यक्ष घनश्याम चौधरीले निरन्तरता दिइरहँदा पूर्व मेयर चौधरीले शुभकामना व्यक्त गर्दै वडाध्यक्ष चौधरी सङ्घर्षशील र जनमर्म अनुसार विकास निर्माण कार्य गरिरहेको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा पूर्व संविधान सभा सदस्य सन्तोष चौधरी, अभियन्ता दिनेश चौधरी, मनोज चौधरीलगायतका स्थानीयहरुको उपस्थिति थियो ।