• १६ भदौ २०८१, आइतबार

खुशी किसान देवानगञ्जको पहिचान कार्यक्रम अन्तर्गत विद्युत मोटर वितरण सुरू

blog

देवानगञ्जका कृषकहरुलाई मोटर वितरण । तस्बिरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, फागुन २१ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानलाई सिंचाइ गर्न सहजताका लागि विद्युत् मोटर वितरण गर्न सुरू गरेको छ। खुशी किसान देवानगञ्जको पहिचान कार्यक्रम अन्तर्गत देवानगञ्ज गाउँपालिकाका ७ वटै वडामा मोटर वितरण सुरु गरेको हो । 

नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा किसानको खेतखेतमा विद्युत् विस्तार गरेको र विद्युत् पुगेका किसानबाट सिंचाइका लागि ३२४ सिँचाइ विद्युत् मोटर पम्पको निवेदन माग भई आएकोमा ती किसानलाई मोटर वितरण सुरू गरेको जनाएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले पहिलो चरणमा वार्ड नं १,२ र ३ का कृषकहरुलाई मोटर वितरण कार्य गरेको जानकारी दिनुभयो ।

मेहताले बाँकी वडाहरू ४,५,६ र ७ का कृषकहरुलाई क्रमशः मोटर पम्प वितरण गर्ने तयारी भएको बताउनुभयो । उहाँले किसानलाई पहिलो चरणमा खेतखेतमै विद्युत् विस्तार गरेको र त्यसपछि मोटरका लागि आवेदन आह्वान गरी गाउँपालिकाका ७ वटै वडाबाट आएको सिंचाइका लागि ३२४ जना कृषकहरुलाई ध्यान राखेर सिंचाइ मोटर पम्प वितरणको कार्य थालेको जानकारी दिनुभयो । निवेदनमा माग भई आए बमोजिम कृषकहरुलाई मोटर वितरण कार्य हुँदैछ । गाउँपालिका कार्यालयको कृषि शाखामार्फत मोटर वितरण थालेको हो ।