• १६ भदौ २०८१, आइतबार

सडक दुर्घटनामा एकको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २० गते । झापाको मेचीनगरमा दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते हुनु भएको छ । शनिवार बेलुका मेचीनगर नगरपालिका वडा नं. ५ मा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते  भएकी ५५  बर्षकी देवीमाया बि.क.को बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनु भयो । उक्त दुर्घटनामा परी घाइते बन्नु भएकी ६ बर्षिया बालिका निशा बि.क.को बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

दुर्घटना गराउने मोटरसाइकल चालक मोटरसाइकल छाडेर फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।