• १९ वैशाख २०८१, बुधबार

‘सतीदेवी’ प्रति सञ्चारमन्त्रीको चासो

blog

काठमाडौँ, फागुन २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । मन्त्री शर्मा र चलचित्रका लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीबिच भएको भेटघाटमा नेपाली चलचित्रको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाइ थियो । उहाँले चलचित्र नारीप्रधान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताउनुभयो । 

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयवस्तुबारे विस्तृतमा व्याख्या गर्नुभएको थियो । उहाँले चलचित्रबारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले विशेष रूपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताउनुभयो ।  

आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लित र प्रेरित भएको निर्देशक सुवेदी बताउनुहुन्छ । मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारीलगायतका कलाकारको अभिनय रहेको चलचित्रको प्रदर्शन मिति केही समयमै तोकिने निर्देशक सुवेदीले बताउनुभयो ।