• २३ वैशाख २०८१, आइतबार

सम्बन्ध हो सम्हाल्नलाई (कविता)

blog

सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई

माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।।

माकुराको जालो जस्तै, हुन्छ जेलिएको 

मानिसबाटै मानिस सधैँ, हुन्छ घेरिएको ।

सम्बन्ध हो सपार्नलाई, होइन बिगार्नलाई

मुस्कानहरू फुलेका हुन्, धर्ती सिँगार्नलाई ।।२।।

उतार चढाव अनगिन्ती, पालैपालो आउँछ 

सपनीको भग्नावशेष, आँधीले उडाउँछ । 

सम्बन्ध हो फैलिनलाई, होइन खुम्चिनलाई

तारामण्डल बनेको हो, रातमा चम्किनलाई ।।३।।

सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई

माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।४।।