• १५ वैशाख २०८१, शनिबार

ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’

blog

काठमाडौँ, फागुन १८ गते । नेपालयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । लामो समय राजनीतिक जीवन बिताइरहनुभएका राजनीतिज्ञ चिरञ्जीवी वाग्लेले लेख्नुभएको पुस्तकले ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । नेपालको इतिहास पढ्दै आएका पाठकका निम्ति ‘बहादुर शाह’ साहसिक र स्वप्नद्रष्टा पात्र हुनुहुन्छ । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका रूपमा पनि इतिहासमा उनको उल्लेख गरिएको छ । 

पिता पृथ्वीको निधनपछि राज्य विस्तार गर्ने जिम्मेवारी बहादुर शाहले नै उठाउनुभएको थियो । आफ्नो नायबी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिस्टा नदी र पश्चिममा काँगडासम्म फैलाउन सफल भएको देखिन्छ तर दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार पनि थामियो । दरबारभित्र हत्या, हिंसा र षड्यन्त्रको शृङ्खला पनि बाक्लियो । नेपालको सिमाना खुम्चिन पुग्यो र राज्य कमजोर बन्दै गयो । ३१६ पृष्ठको भौतिक पुस्तक सँगसँगै इबुकका रूपमा पनि बजारमा उपलब्ध छ  ।