• १२ साउन २०८१, शनिबार

नवनिर्वाचित पदाधिकारीद्वारा पद तथा गोपनीयताको शपथ

blog

शपथ ग्रहण कार्यक्रमपछि एमाले कैलालीका नवनिर्वाचित अध्यक्ष यज्ञराज ढुङ्गाना जिम्मेवारी ग्रहण गर्नुहुँदै । तस्बिर : भावना जोशी

भावना जोशी 

अत्तरिया, फागुन १४ गते । नेकपा (एमाले) कैलाली जिल्लाको ९ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

आज धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गर्नुभएको हो । जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित यज्ञराज ढुङ्गानासहितका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गर्नुभयो ।  

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले  पद तथा गोपनीयताको शपथ ग्रहण  गराउनुभयो । अध्यक्ष  ढुङ्गानाले पदभार ग्रहण गर्दै एमालेभित्र नेतृत्व पङ्क्तिमा बस्ने नेताहरूबिच गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 

अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आए पनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा आफू  रहेको  उहाँको भनाइ छ । एमालेले १५० सदस्यीय कैलाली जिल्ला कमिटी निर्वाचित गरेको हो ।