• ८ मंसिर २०८१, शनिबार

लिम्बू भाषाको चलचित्र ‘लोजिमा’

blog

पाँचथर समाचारदाता

फिदिम, फागुन ९ गते । फिदिमको छाब्दीवाराही मन्दिरमा लिम्बू भाषाको कथामा आधारित चलचित्र ‘लोजिमा’ को विशेष प्रदर्शन गरिएको छ । लिम्बू परिवेशको कथा रहेको सो चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो । लिम्बू युवकयुवतीको मायापिरतीको कथा रहेको चलचित्रको माध्यमबाट लोपोन्मुख लिम्बू भाषा र लिपिको प्रवर्धन हुने विश्वास गरिएको छ । चलचित्रको संवाद अधिकांश लिम्बू भाषामा रहेको छ । 

पाथीभरा च्यानलको ब्यानरमा सागर केरुङको कथा तथा आशाहाङ आङ्बोको लगानीमा रवीन्द्र बरालले ‘लोजिमा’ छायाङ्कन गर्नुभएको हो । यस चलचित्रको कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दीपक अधिकारी, नृत्य निर्देशक सुषमा योञ्जन र शृङ्गारकर्मी नरेश खरेल हुनुहुन्छ । ‘लोजिमा’ मा आशाहाङ आङ्बो, विमला खजुम, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिवाङलगायतको अभिनय छ ।