• १३ साउन २०८१, आइतबार

जनतालाई अनुभूति हुनेगरी काम गर्छौ : मुख्यमन्त्री शाह

blog

प्रजातन्त्र दिवसका अवसरमा सम्बोधन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर: प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, फागुन ७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातन्त्र नेपाली नागरिकको जीवनशैली, जीवन पद्धतिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

धनगढीमा सोमबार आयोजित ७४ औँ प्रजातन्त्र दिवसका अवसरमा बोल्दै मुख्यमन्त्री शाहले प्रजातन्त्र बलियो बनाउन, समाजवाद ल्याउन प्रदेश सरकारले जनतालाई अनुभूति हुनेगरी गुणस्तरीय विकासको काम गरिरहेको दाबी गर्नुभयो । 

प्रजातन्त्र दिवसले दिगो विकास, सुशासन कायम गर्न प्रेरणा दिने बताउँदै नागरिकको जीवनस्तर उकास्न सधैँ प्रयत्नशील रहने उहाँले बताउनुभयो । प्रजातन्त्र बलियो बनाउन तीनै तहका सरकारबिच समन्वयको जरुरी रहेको औँल्याउँदै मुख्यमन्त्री शाहले त्यसका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू लगायतको उपस्थिति थियो ।