• १३ साउन २०८१, आइतबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, फागुन ६ गते । कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका –१ शान्तिनगरका सिर्जना चौधरीको एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।

बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । यसैगरी, पूर्व–पश्चिम राजमार्गमा बसेको ठक्करबाट गौरीगङ्गा नगरपालिका –८ बढैपुरका ३९ वर्षीय गोपी दमाईको मृत्यु भएको छ । 

दमाईले चलाएको से ३ प ९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते दमाईलाई उपचारका लागि सेती अस्पताल लैजाँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।