• १३ साउन २०८१, आइतबार

सडक सञ्जालमा जोडिँदै गाउँबस्ती

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन ३ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिकाका सबै गाउँबस्ती तथा वडा सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जालका कारण दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज भएको छ ।  गाउँपालिकाले पनि सडक निर्माणलाई पहिलो प्राथमिकता राखेर  काम गर्दै आएको बताइएको छ । दैनिक उपभोग्य सामग्री ल्याउन एक महिना लाग्थ्यो । अहिले घरछेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्वामिकार्तिक कोटिला, जेरा, जुकोट हुँदै मुक्तिकोट बस्तीको चारैतिरबाट सडक सञ्जालले जोडिएपछि अहिले गाउँमै व्यापार गर्न सहज भएको छ ।”

उपभोग्य सामग्री नुन, तेल, चामल, दाल किन्न पसिना चुहाउँदै साँफे, बाजु्रगाड, तिपाडा, मार्तडी, कोल्टी हुँदै पिलिचौर बजारमा धाउनु पर्दथ्यो, अहिले ती सामान गाउँमै पाइन थालेको धामीले बताउनुभयो । 

पछिल्लो समय स्थानीय तहले सबै वडालाई सडक सञ्जालले जोड्दै गएपछि अहिले यहाँका स्थानीयवासीको जनजीवनसमेत निकै फेरिएको स्वामिकार्तिक–२ का स्थानीय व्यापारी हंसबहादुर भण्डारीले बताउनुभयो । गाउँमा सडक पुगेपछि पहिला हाट ल्याउने बेला प्रयोग गर्दै आएका डोका नाम्लासमेत विस्तारै लोप हुँदै गएको भण्डारीले बताउनुभयो । गाउँमा पुगेको सडकले स्थानीयको सामाजिक, शैक्षिक तथा आर्थिक रूपमा समेत विकास भइरहेको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ । 

सडक विस्तारले स्थानीयको जीवनमा परिवर्तन आउने भएकाले पछिल्लो समय गाउँपालिकाले सबै वडामा सडक सञ्जालको पहुँच पु¥याउन जोड दिएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । 

बर्खाको समयमा गाउँपालिकाका एक दुई वडामा गाडी पु¥याउन कठिन भए पनि हिउँदको समय भने सबै वडामा गाडी पुग्ने गरेको अध्यक्ष रोकायाले बताउँनुभयो । बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, गौमूल, गाउँपालिका र बुढीनन्दा, बडीमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिकालगायत स्थानीय तहले पनि सडक सञ्जालको पहँुचलाई प्राथमिकता दिँदै आएका छन् ।