• १३ साउन २०८१, आइतबार

आगलागीबाट घर जलेर नष्ट

blog

आगलागीबाट जलेर नष्ट भएको घर ।

सङ्गीता तिमिल्सिना

मार्तडी, फागुन २ गते । गौमुल गाउँपालिका वडा –१ माडीमा आगलागीबाट एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।  हिजो बेलुका ८ः३० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा आगलागी भएको थियो ।

स्थानीय महेन्द्र रोकायाको घरमा अचानक आगलागी भएको स्थानीय हरिबहादुर रोकायाले बताउनुभयो । घरको भान्छाबाट आगलागी भएको बताइएको छ । 

आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको घरका सदस्यले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँहरुको भनाइ छ । 

आगलागीको थप तथा यकिन विवरणका लागि इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाबाट प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।