• १३ असोज २०८१, आइतबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

blog

काठमाडौं, माघ २८ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

महासमिति बैठकका सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।