• ९ मंसिर २०८१, आइतबार

दोलखामै पहिलो लङ फङसन टेस्ट सुरु

blog

स्पाई रो मेट्रीबाट परीक्षण गरिँदै । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, माघ २८ गते । दोलखाको सदरमुकाम चरिकोटस्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिले जिल्लामै पहिलो लङ फङसन टेस्ट ( स्पाई रो मेट्री ) सञ्चालनमा ल्याएको छ । बिरामीमा देखिएको श्वासप्रश्वास रोग दम वा फोक्सोमा हुने अन्य रोग हो भनी पत्ता लगाएर उपचार गर्न सजिलोको लागि यो विधि सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा.विनोद दङगालले जानकारी दिनुभयो ।उहाँका अनुसार यो विधिबाट परीक्षण थालिको दुई दिनमा १५ जनाको परीक्षण गर्दा पाँच जनामा मात्र दमको रोग भेटिएको र उपचार सुरु गरिएको छ । श्वासप्रश्वासमा खराब देखिने बित्तिकै दमको औषधि दिइने गरिएको थियो । दमको रोग नभएकालाई दमको औषधी दिँदा ग्यास्ट्रिकलगायतका अन्य रोगहरू उब्जिने गरेको पाइएको छ । अब रोग पत्ता लगाएर उपचार गर्न सजिलो भएको छ । 

सुर्तीजन्य पदार्थ सेवन, लामो समयको खोकी, उकालो आेरोलो हिँड्दा थाकेको महसुस हुने,थाइराइड, रगतको कमी,मुटु रोगलगायतले श्वासप्रश्वासमा खराबी हुन्छ । अस्पताल प्रमुख डा.दङगालले भन्नुभयो, श्वासप्रश्वासका खराबीमा रोगको यो विधिबाट रगतको कमी,मुटुको रोग, फोक्सोका रोग तथा दम छुटिन्छ र उपचार गर्न सजिलो हुन्छ । 

यो प्रविधिले श्वासप्रश्वासमा खराबी देखिने बित्तिकै दमको रोग मात्र नभएर अन्य रोग पनि हुने परीक्षणबाट स्पष्ट भएर बिरामीलाई उपचार गर्न सजिलो र बिरामीलाई आर्थिक भार नहुने उहाँले स्पष्ट पार्नुभयो ।