• १३ साउन २०८१, आइतबार

धनगढीमा ग्रासरुट क्रिकेट विकासका लागि खेलाडी छनोट सुरु

blog

प्रशिक्षणका लागि खेलाडी छनोट गरिदैं । तस्बिर : सामाजिक सञ्जालबाट

अविनाश चौधरी

धनगढी, माघ २७ गते । कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको कार्य सुरु भएको छ । 

फूलबारी र जुगेडा केन्द्रबाट प्रारम्भिक रुपमा खेलाडी छनोटको कार्य सुरु गरिएको हो । प्रशिक्षणका लागि खुला रुपमा आवेदन आह्वान गरिएकोमा दुवै केन्द्रमा ७०/७० गरी १४० जनाले नाम टिपाएका छन् । जसमा छात्राहरुसमेत रहेका छन् । 

क्रिकेटको सहर धनगढीमा धनगढी उपमहानगरपालिकासंगको साझेदारीमा गो ड्रिमर्सले ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गत प्रशिक्षण सञ्चालन गर्न लागेको हो । प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकाहरुलाई क्रिकेटर बनाउने जिम्मेवारी अब आफूहरुको काँधमा आएको धनगढी एफ्सीका अध्यक्ष सुवाश शाहीले बताउनुभयो ।