• १६ वैशाख २०८१, आइतबार

गजल

blog

तिमी साथ धेरै बसेको छु प्यारा

सँगै काम मैले गरेको छु प्यारा


नयाँ धरहरामा तिमी साथ जाने

पूरा हुन्न सपना बुझेको छु प्यारा


बिहे गर्न पर्दा तिमी रोज्छु मैले

अधर चुम्न खोज्दा हटेको छु प्यारा


म मर्दा तिमीले नझारे है आँसु

सफर गर्छु भन्दै सुतेको छु प्यारा


सयौं फूल राख्दै गरे बाइ बाइ

मिठो लाग्छ वास्ना सुघेँको छु प्यारा


जलायौ मलाई बनायौ खरानी 

म आकाश खोज्दै उडेको छु प्यारा


तिमी फर्क घरमा छ नाता टुटेको

म  मर्दा उतैको बनेको छु प्यारा