• १३ साउन २०८१, आइतबार

मध्यपहाडको विकास लाइफलाइन बन्छ : सहमहान्त्री पाण्डे

blog

कार्यक्रममा सहभागी नेता पाण्डेसहित अतिथिहरु ।

शिवराज ढुंगाना 

अछाम, माघ २६ गते । नेपाली काँग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपहाडको विकास नै नेपालको लाइफलाइन बन्ने बताउनुभएको छ । अछामको साँफेबगरमा आयोजित साँफेबगर महोत्सवको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

कृषि, हावापानी र पर्यटनका क्षेत्रमा नेपालको मध्यपहाड क्षेत्र ‘लाइफलाइन’ बन्ने प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पाण्डेको भनाइ राख्नुभयो । “उब्जनी छ, स्वच्छ हावापानी छ, पर्यटनको क्षेत्रमा उस्तै सम्भावना छ त्यसैले देशको लागि मध्यहपाड क्षेत्र लाइफलाइन हो” पाण्डेले भन्नुभयो । 

यूवाहरुको सक्रियता, राज्यको लगानीले यस क्षेत्रलाई उच्च पहाड, हिमाल र तराई समेत जोड्ने मुख्य सहज माध्यम हुने उहाँको भनाइ छ । स्थानीय उद्यमशिलताले मात्र समाजको रुपान्तरण गर्ने भन्दै मध्यपहाड यसका लागि ठूलो खानी भएको पाण्डेको छ । 

स्थानीय उद्यमशिलता सञ्चालन गरेर भारतीय रुपियाँ र अमेरिकी डलर यही क्षेत्रमा कमाउन सकिने उहाँको दावी छ । मध्यपहाडको एकीकृत विकासले सडक, बिजुली, स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता भौतिक संरचना निर्माणमा सहज हुने भनाइ पाण्डेको छ । 

वयलपाटा अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनाका लागि ‘स्थानीय उत्पादन कला, संस्कृति खेलकुद तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ महोत्सव सुरु गरिएको छ । लायन्स क्लब अफ साँफेबगरद्वारा आयोजित महोत्सवमा विभिन्न कलाकारको प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन, खेलकुद प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।