• १३ असोज २०८१, आइतबार

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ, माघ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ । 

शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । 

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै प्रवक्ता भट्टराईले मन्त्रिपरिषद्को सिफारिस अनुसार पौडेल र नेपाल राजदूत नियुक्त हुनुभएको जानकारी गराउनुभएको हो ।