• ८ मंसिर २०८१, शनिबार

भारी उमेरको (कविता)

blog

बग्दैछ खोला कसरी थुनू खै ?

फाट्यो जवानी कसरी तुनू खै ?

छ माथि भित्तो तल भिष्म छाङ्गो

उड्दैछ चङ्गा चुडिँदैछ धागो ।

रङ्गीन पाटो अघि नै छुटेछ

विशाल बाटो बिचमै टुटेछ

उमेर भारी दिनको छ बढ्दै

ठाडो उकालो वनको छु हिड्दै ।

चिता हुँ आगो घिउ राखिदैछ

छु जीर्ण खाँबो छत फालिदैछ

जरा सुकेको रुखको भएछु

पानी सुकेको तट पो बनेछु ।

पीडा समेटी रुनसम्म रुन्छु

झसङ्ग हेर्दा अनुहार हुन्छु

बूढो चखेवा तटमा हुँदैछ

शरीर आत्मा अलग्गै हुँदैछ ।

उडी बचेरा परदेश लागे

छाडेर साथी परलोक भागे

छु रोग बाढी खुब दौडिएको

छु साँझजस्तै न यता उताको ।