• १२ साउन २०८१, शनिबार

गैरआवासीय राजदूत नियुक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, माघ १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री तामाङलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।