• १३ असोज २०८१, आइतबार

तीन कलाकारको प्रदर्शनी

blog

लेखनाथ, माघ १२ गते । आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीले अग्रज कलाकारहरू दुर्गा बराल ‘वात्स्यायन’, यादवचन्द्र भुर्तेल र बुद्धि गुरुङको संयुक्त कला प्रदर्शनी गरेको छ । प्रदर्शनीमा वात्स्यायनका आठ, भुर्तेलका नौ र गुरुङका १३ कला राखिएका छन् । 

कलाकार वात्स्यायनले आफूले विगतका विशेष घटनालाई कलामा उतार्ने कोसिस गरेको सम्झना गर्नुभयो । कलाकार भुर्तेलले नेपालबाट विमान अपहरण भएर अफगानिस्तान लैजाँदाको दृश्य क्यान्भासमा उतार्नुभएको छ । आफूले कलाको औपचारिक अध्ययनदेखि पोखराको परिवेशलाई कलामा उतार्ने कोसिस गरेको उहाँले बताउनुभयो । पुराना कलाकारका तीन/चार दशकअघिका चित्र दस्ताबेजसमेत भएको उहाँको भनाइ छ ।