• १९ वैशाख २०८१, बुधबार

अझै टेकाकै भरमा सम्पदाहरू

blog

पुनर्निर्माणको पर्खाइमा रहेको हनुमानढोका स्थित आगम छेँ । तस्बिर : मनोज रत्न शाही

काठमाडौँ, माघ २ गते । २०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन । 

वसन्तपुर दरबार क्षेत्र ८ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले पूर्णरुपमा क्षति पुराएका काष्ठमण्डप, माजु देगल, जगन्नाथ मन्दिर, गद्दी बैठकको पुनर्निर्माण भइसकेको छ ।

 वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नवआदर्श स्कुल, संस्कृत विश्वविद्यालयको भवन, हनुमानढोका प्रवेशद्वारसँगै रहेको आगँ छेँ, सुन्दरी चोक, मोहन चोक, कामदेव मन्दिरको काम सुरु हुन सकेको छैन। 

यसैगरी पाटन दरबार क्षेत्रको पनि अवस्था झण्डै यस्तै रहेको छ । उक्त क्षेत्रको पुनर्निमार्णको कार्य पनि एकदमै ढिलो गतिमा अगाडि बढिरहेको छ ।

तस्बिरहरुः  मनोज रत्न शाही,  केशब गुरुङ