• १६ भदौ २०८१, आइतबार

स्थानीय तहमा न्याय सम्पादन गर्न कानुन अधिकृत आवश्यक : सभामुख मगर

blog

पत्रकारसँग छलफल गर्दै सभामुख मगर । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, माघ १ गते । स्थानीय तहमा कानुन अधिकृत नहुँदा न्याय सम्पादन गर्न असहज देखिएको लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले बताउनुभएको छ । प्रदेश सभा सचिवालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख मगरले जनप्रतिनिधिहरू कानुन सम्बन्धी विज्ञता नभएकोले न्याय सम्पादन गर्न केही अप्ठेरो देखिएको बताउनुभएको हो । 

उहाँले कानुन अधिकृत नहुँदा स्थानीय सरकारले कानुन निर्माण र कार्यान्वयनमा समेत समस्या देखिएको बताउनुभयो । 

सभामुख मगरले परिवर्तन नचाहने समूहले अहिले सङ्घीयताको विरोध गरेको बताउनुभएको छ । उहाँले अहिले सङ्घीयता भन्दा अरू उत्तम विकल्प नभएको टिप्पणी गर्नुभएको छ । छलफलका क्रममा उहाँले जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दा स्थानीय कानुन निर्माणमा समस्या रहेको गुनासो आएको बताउनुभयो । उहाँले स्थानीय तह निजामती कर्मचारी विधेयक सदनमा लैजाने प्रतिबद्धता समेत गर्नुभएको थियो ।