• १३ साउन २०८१, आइतबार

गठबन्धनका साझा उम्मेदवार जिताउन शीर्ष नेताको अपील

blog

गाेरखापत्र अनलाइन

काठमाडौं, पुस २९ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई मतदान गर्न सत्तारुद्ध गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त रुपमा अपिल गर्नुभएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई मतदान गर्न गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त रुपमा वक्तव्य जारी गर्दै अपिल गर्नुभएको हो । 

अपिलमा निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार सबैका साझा उम्मेदवार भएको उल्लेख गरिएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएकाले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपिलमा उल्लेख गरिएको छ । 



संयुक्त अपिलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।