साठी कटेका वा जङ्कु गरेका
बुढाबुढी हैनन्, मान्छे हुन् पाका ।
सुख दुःखका अथाह संसार भोगेका
हिजो, आज र भोलिका कथा बोकेका ।
समाज चलायमान पार्ने गहना हुन्
यी त डाँडाका उज्याला जून हुन् ।
साठी कटेका वा जङ्कु गरेका
बुढाबुढी हैनन् मान्छे हुन् पाका ।
देश हिँडाउने लिक हुन्
समाजका पथप्रदर्शक हुन् ।
अनुभव, ज्ञान, सिपका खानी हुन्
यी त डाँडाका उज्याला जून हुन् ।
साठी कटेका वा जङ्कु गरेका
इतिहास संस्कृति र ज्ञाता समाजका
नठान लुला कुप्रा लौरो टेकी हिँड्ने
पाए ठाउँ अझै अनुभूति पोख्न सक्ने ।
बुढाबुढी नभन यी मान्छे हुन् पाका
यी त डाँडाका उज्याला जून हुन् ।