• १३ असोज २०८१, आइतबार

‘पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ’

blog

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता लागू भएको बताउनुभयो । उहाँले पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको बताउनुभयो ।

‘‘मेरो भारत भ्रमण र अहिले भारतीय विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउने आधार त तय गरेको नै छ । एउटा त १० हजार मेगावाटको यही लागू भयो । अर्को पञ्चेश्वर अन्तिम चरणमा पुगेको छ । डिपिआर फाइनल गर्ने कुरा । हामी सबैलाई थाहा छ । त्यो दुवै देशको राष्ट्रहितमा छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘त्यसलाई अन्तिममा मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर अघि बढ्दैछ । मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’’

साथै प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पार्ने दाबी गर्नुभयो ।