• १३ असोज २०८१, आइतबार

असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, पुस २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले असिष्टेन्ट सबइन्जिनियर विजय लक्ष्मी पन्तविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको टोली पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पन्तविरुद्ध २५ हजार रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।