• ८ मंसिर २०८१, शनिबार

गीत

blog

समयको टाँगोमा यति लामो डोरी टाँग्याकी तिमीले 

जताबाट हिँडे पनि मलाई अल्झाई मात्र रह्यो


फनफनी घुमिरहन्छन् पट्यारलाग्दा रातहरू

बन्दैनन् ती दिनहरू मैले द्विप जति नै बाले पनि ।


युगौ भइसकेछ तिमीसँग भेट नभएको मेरो

अहिले त पग्लिएर छताछुल्ल देखिन्छौ जमिनभरि


आवाज विहीन गुन्जनमा पोखिएर कति बस्छौँ

आऊ सच्चिएर वाचा कसम पूरा गरौँ ।