• १२ साउन २०८१, शनिबार

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता

blog

परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले भेटवार्ता गर्नुहुँदै । तस्बिर सुजन गुरुङ

काठमाडौं, पुस १९ गते । परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले भेटवार्ता गर्नुभएको छ ।

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौँ आइपुग्नुभएको जयशङ्करले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्नुभएको हो ।

भेटपछि संयुक्त आयोगको बैठक होटल याक एन्ड यतीमा बस्दैछ ।

भारतीय विदेशमन्त्री जयशङ्करले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको थियो ।