• २७ पुस २०८१, शनिबार

फोहोरले ढाकिँदै रारा

blog

नेपालको सबै भन्दा ठुलो रारा तालमा फोहोर व्यवस्थापन नहुँदा जथाभाबी फोहोर भएको छ। तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, पुस १४ गते । पर्यटकको आकर्षक गन्तव्य मध्येमा पर्ने रारा ताल हिजोआज फोहोर ढाँक्न थालेको छ । फोहोर सफाइ र व्यवस्थापनमा स्थानीय सरोकार पक्षले चासो नदेखाउँदा रारा फोहोर बन्न थालेको हो । 

पछिल्लो समय सडक सञ्जालले जोडिन थालेपछि रारा ताल पुग्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको तथ्याङ्क छ । रारा पुगेपछि आन्तरिक  पर्यटकको रोजाइको केन्द्रको रूपमा परिचित मुर्माटप हिमाल र मिली चौरमा बढी फोहोर  हुने गरेको आन्तरिक पर्यटक प्रमोद खनालले बताउनुभयो । फोहोर मैलाको उचित व्यवस्थापन  गर्ने भरपर्दो माध्यम नहुँदा पर्यटकहरूले  उपभोग गरेका बिस्कुट, चाउचाउ, मिनरल बोतल , बियरका बोतल, चकलेट, पेय पदार्थ , फ्रुटी लगायत अन्य प्रयोगमा आएका प्लास्टिक र कागजहरू फोहोर फाल्ने खाल्डोमा नभई जथाभाबी  फाल्नाले   दिन प्रतिदिन रारा ताल  आसपासका ठाउँहरूमा फोहोर  बढ्दै गएको उहाँले बताउनुभयो।  सम्बन्धित निकायले रारामा सरसफाइ अभियान नगर्दा रारामा फोहोर बढेको हो स्थानीय श्याम बहादुर मल्लले भन्नुभयो । 

यता रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार  रारा आउने पर्यटकबाट  प्रवेश गरे बापत  एक सय रुपियाँ लिने कार्यविधि भएकोले प्रति पर्यटक एक सय रुपियाँ लिने गरे पनि सरसफाइमा कुनै चासो नदेखाएको आरोप छ । पटक, पटक  रारामा जमेका  फोहोरहरू रारा राष्ट्रिय निकुञ्ज र  मध्यवर्ती क्षेत्र विकास समितिले दिगो व्यवस्थापनमा चासो दिएको छैन । 

यता रारा घुम्न आउनेको रोजाइमा पर्ने मुख्य मुख्य क्षेत्रमा फोहोरको उचित व्यवस्थापनका लागि डस्टबिन राख्ने निकुञ्जले  तयारी गरेको जनाएको छ ।