• १३ असोज २०८१, आइतबार

गोदावरीमा जिपलाइन सुरु

blog

भावना जोशी 

अत्तरिया, काठमाडौं, पुस ५ गते । कैलाली जिल्लाकोे अत्तरिया नगरपालिका गोदावरीमा जिपलाइन सेवा सुरु भएको छ । जिपलाइन सेवाको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । 

उद्घाटनका क्रममा मन्त्री देउवाले जिपलाइनलाई प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

यो जिपलाइन सुदुरपश्चिमकै पहिलो हो । जुन सुदुरपश्चिमको पहाड र तराईको बिच भागमा छ । जिपलाइन भएकै स्थान गोदावरीबाट सुप प्रदेशका सात वटा पहाडी जिल्ला जाने मुख्य नाका भएकोले यस्ले समग्र सुपलाई जोड्ने र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने जिप लाइनका सञ्चालक अरुण कुँवरले बताउनुभयो । 

गोदावरी जिपलाइन एडभेन्चर प्रा.लि. ले सञ्चालन गरेको जिपलाइनको लम्बाइ ८ सय ५० मिटर छ । जिप लाइन सेवा लिनका लागि कम्पनीले प्रति व्यक्ति रु. ७ सय लाग्ने जनाएको छ ।