शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ ५ गते । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । बैठक सुरु भए लगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
संसदको कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदले विभिन्न माग अङ्कित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।
उक्त दलले सोमबारको बैठकमा यसैगरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।