• २१ वैशाख २०८१, शुक्रबार

३८१ पदका लागि विज्ञापन

blog

काठमाडौँ, मङ्सिर २८ गते । लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो । 

आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो । 

इच्छुक योग्य व्यक्तिले आगामी पुस १७ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख गरिएको छ भने दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।