• १२ साउन २०८१, शनिबार

अझै नियन्त्रणमा आएन पानामा रोग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । नेपालमा देखा परेको केराको पानामा (टिआर–४) रोग अझै नियन्त्रण हुन सकेको छैन । कैलालीको टीकापुरमा देखिएको पानामा (टिआर–१४) 

नवलपरासीमा पनि देखिएको छ । नवलपरासीको पाँच वटा केराको बगैँचामा यो फैलिसकेको कुरा असोजमा पुष्टि भइसकेको छ । 

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले पानामा रोगलाई नियन्त्रण गर्न नसकिए पनि यसलाई फैलिनबाट जोगाउनुपर्ने बताउनुभयो । कैलालीको टीकापुरबाट अन्यत्र यो रोग सरेको छैन तर नवलपरासीको सुस्तामा भारतबाट यो रोग सरिसकेको उहाँले बताउनुभयो । 

नवलपरासी देशकै सबभन्दा ठुलो केराको पकेट क्षेत्र हो । त्यहाँ सात वटा बगैँचामा अध्ययन गरिएकामा पाँच वटामा फेला परेको छ । वैज्ञानिक खड्काका अनुसार ३१ प्रतिशत रोग फैलिसकेको भेटिएको उहाँले बताउनुभयो । 

यसलाई नियन्त्रण गर्न नसकिए अवस्था भयावह हुने र केरा व्यवसाय नै ध्वस्त हुने उहाँले बताउनुभयो । गुल्मीबाट पनि नमुना प्राप्त भएको छ । त्यसलाई परीक्षण गर्दा केरामा लाग्ने पानामा नै हो तर टिआर–१४ नरहेको उहाँले जानकारी दिनुभयो । अरू ठाउँबाट पनि नमुना सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । 

यसलाई नियन्त्रण गर्नका लागि प्रदेश तथा स्थानीय सरकार विशेष सव्रिmय हुनुपर्ने त्यसमा कमी देखिएको बताउँदै उहाँले कैलालीमा यो रोग नियन्त्रण गर्न के के गर्नुपर्ने, कसरी गर्ने हो सबै कुरा सिकाएको सम्झाएको तर त्यस अनुसार काम नभएको गुनासो गर्नुभयो । 

देशैभर यो रोग नफैलियोस् र त्यसलाई नियन्त्रण गर्नका लागि प्राविधिक जनशक्ति तयार गरिरहेको उहाँले बताउनुभयो । शुव्रmबारदेखि तीनदिने प्रशिक्षण सुरु भएको छ । कृषि क्षेत्रका प्राविधिक तथा वैज्ञानिकलाई विदेशीले प्रशिक्षण दिइरहेका छन् । सो प्रशिक्षणका लािग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा तथा कृषि सङ्गठन (एफएओ) ले पनि सहयोग गरेको छ । 

एफएओका नेपाल प्रतिनिधि केन सिमिजुले नेपालमा देखा परेको पानामा (टिआर–४) रोग नियन्त्रणमा एफएओ पनि सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । यसको नियन्त्रण र व्यवस्थापनमा नेपालसँगै आकस्मिक सहायतासहित एफएओका पनि सहभागिताले आफूलाई खुसी लागेको बताउँदै उहाँले नेपालको केरा खेती तथा व्यवसाय जोगाउन एफएओ, नार्क, कृषि मन्त्रालय र अन्य निकायबिच समन्वय हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक खड्काले समान्यतया पानामा रोगले स्थानीय मालभोग केरालाई क्षति पु-याउने गरेको तर पानामा टिआर–४ प्रजातिको रोगले नेपालको केरा व्यवसायमा नै असर गर्ने गरी फैलिन सकिने आकलन भइरहेको छ र त्यसबाट जोगाउनका लागि सरकारले विभिन्न पहल गरिरहेको बताउनुभयो । 

नार्कका निमित कार्यकारी निर्देशक लुमानिधि पाण्डेले केरामा लाग्ने पानामा रोगविरुद्ध सुरुदेखि नै नार्कका वैज्ञानिकहरू र समग्र सरकारी टिमले गरेको प्रयास सराहनीय रहेको र यसमा एफएओले समेत सहयोग गरेकामा धन्यवाद दिनुभयो । नार्क र सङ्गठनले मिलेर सर्भे, प्रकाशन वितरण, केराको सीमा नियन्त्रण, कृषि सल्लाह, बगैँचाको सरसफाइ तथा रोकथाम विधि एवं तालिम जस्ता कार्यव्रmम गरिरहेको बताइएको छ ।