• १३ साउन २०८१, आइतबार

रिब्दिकोटमा सुन्तला महोत्सव हुने

blog

फाइल तस्विर ।

बिन्दु थापा 

पाल्पा, मङ्सिर १२ गते । रिब्दिकोट ७ मैनादिमा व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि सुन्तला महोत्सव हुने भएको छ । महोत्सवमा कृषि विज्ञ र सुन्तला किसानबिच छलफल गरिने रिब्दिकोट गाउँपालिका ७ का वडा अध्यक्ष दान बहादुर कुँवरले जानकारी दिनुभयो । 

अध्यक्ष कुँवरले सुन्तला खेती विधि, तयारी र उत्पादन भएका सुन्तलाको बजारीकरणको लागि मङ्सिर १६ गते महोत्सवको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा केही छैन भन्नेहरूका लागि यो महोत्सवले आँखा खोल्नेछ, गरे यही सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन महोत्सवको आयोजना गरिएको हो जसको लागि वडा कार्यालयबाट एक लाख पचास हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।” 

रिब्दिकोट गाउँपालिकाका पालुङ मैनादि लगायतका स्थानबाट सुन्तला किसानहरूको सहभागी रहने मैनादि कृषि सहकारी संस्था मैनादिका अध्यक्ष बेन बहादुर पुनले जानकारी दिनुभयो । यस्तै, कार्यक्रममा कृषि विज्ञहरूको उपस्थिति रहनेछ ।