• १३ साउन २०८१, आइतबार

काउन्सिलद्वारा पत्रिका वर्गीकरण फाराम भर्न आह्वान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ६ गते । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९–८० मा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणका लागि आवेदन फाराम भर्ना आह्वान गरेको छ । काउन्सिलले आज सार्वजनिक सूचना जारी गर्दै सो आह्वान गरेको हो । 

२०७९ साउनदेखि २०८० असार मसान्तसम्म प्रकाशित पत्रपत्रिका सञ्चालकले पुस ५ गतेसम्म (दोब्बर दस्तुर पुस १२ सम्म) वर्गीकरण फाराम भर्ना काउन्सिलले आग्रह गरेको छ । 

काउन्सिलले मापदण्ड पुगेका सबैलाई फाराम भर्ना आह्वान गरेको छ । तोकेको मापदण्डअनुसार दैनिक पत्रिकालाई वर्षमा ३०० अङ्क, अर्धसाप्ताहिकले ८० अङ्क, साप्ताहिक पत्रिकाले ४० अङ्क, पाक्षिक समाचारपत्रले २० अङ्क प्रकाशित हुनुपर्नेछ । 

सोहीअनुसार मासिक पत्रिकाले १० अङ्क, द्वैमासिक–त्रैमासिक पत्रिकाले न्यूनतम ४ अङ्क प्रकाशित भई प्रेस काउन्सिल नेपालको कार्यालय अभिलेखमा दर्ता हुनुपर्नेछ । मापदण्ड नपुगेका पत्रिका वर्गीकरणमा समावेश नगराइने पनि काउन्सिलले स्पष्ट पारेको छ ।