• ८ मंसिर २०८१, शनिबार

उन्नति बनिन् प्रथम सल्यान्टार आइडल

blog

काठमाडौँ, मङ्सिर २ गते । प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८० मार्फत धादिङका उन्नति पाण्डे (युनिसा) प्रथम सल्यान्टार ‘डान्स आइडल’ बन्नुभएको छ । 

मेला धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ मा हालै सम्पन्न भएको थियो । पाण्डे २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै सल्यान्टार आइडल बन्नुभएको हो । डान्स आइडलको उपाधिसँगै पाण्डेलाई पुरस्कार स्वरूप नगद तथा ट्रफि समेत प्रदान गरिएको छ । 

पाण्डेले यसअघि पनि स्थानीय स्तरमा आयोजना गरिएको विभिन्न नृत्य प्रतियोगितामा सहभागी बनेर उत्कृष्ट प्रदर्शन गरिसक्नुभएको छ । प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८० कात्तिक १७ गते सुरु भएर कात्तिक २७ गते समापन भएको थियो । 

मेलामा स्थानीय स्तरमा उत्पादन भएका मास, भटमास, एभोगार्डो लगायतका कृषि उपज र कृषि औजार समेत प्रदर्शनमा राखिएको थियो । छोटो समयको तयारीका बाबजुद पनि मेलामा उल्लेख्य रूपमा जनताको सहभागिता रहेको र मेलाले सल्यानटारको परिचयलाई फराकिलो बनाउन समेत सहयोग पुर्‍याएको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ का अध्यक्ष कृष्ण खत्रीले बताउनुभयो ।