• १३ साउन २०८१, आइतबार

सहुलियतरुपमा सेवा प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

काठमाडौं, कात्तिक १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा मन्त्रालय तथा अन्तर्गतका निकायहरूबाट नियमित र सहुलियतरुपमा सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

साथै उहाँले सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न मन्त्रालयअन्तर्गतका निकायहरूलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पबाट भएको ठुलो जनधनको क्षतिले आफू मर्माहत भएको उहाँले बताउनुभयो ।

यस दुःखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मन्त्री शर्माले शोकाकुल परिवारजनमा गहिरो समवेदनाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले भूकम्पका कारण केही सञ्चारमाध्यममा समेत क्षति पुग्न गएकोमा दुःख व्यक्त गर्नुभयो ।