• १३ साउन २०८१, आइतबार

पर्यटकलाई दसैँका परिकार

blog

काठमाडौँ, असोज २६ गते । दसैँको समयमा नेपालमा खाइने स्थानीय रैथाने खानाका परिकार होटल, रेस्टुराँको मेनुमै राखेर होटल सङ्घ नेपाल (हान) ले रैथाने खाना प्रवर्धन गर्ने भएको छ ।

दसैँको बिदामा कतिपय रेस्टुराँसमेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकाले होटलहरूले घर–घरमा खाइने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने हानका सदस्य होटलहरूले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ सम्म हुने हानले उल्लेख गरेको छ । 

पर्यटकले यात्राका क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुचि राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको हानले जनाएको छ ।