भक्तपुर, असोज २१ गते । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसको अवसरमा भक्तपुरमा दुई स्रष्टालाई सम्मान गरिएको छ । नेपाली साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित रही रहँदै आउनुभएका रचना साहित्यिक पत्रकारिताका प्रधान सम्पादक रोचक घिमिरेलाई २०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार अर्पण गरिएको हो । पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
सोही अवसरमा स्रष्टा गुणराज काफ्ले ‘शाण्डिल्य’ लाई नगद ५० हजारसहित कदरपत्र प्रदान गरियो । नयाँ करेन्ट एवं नेपाल पोस्टमा निरन्तर चार दशक स्तम्भ लेखक रहनुभएका काफ्लेलाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले निर्भिक पत्रकार गौतम नेपाली पत्रकारिताका अमूल्य रत्न भएको बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा ‘देवेन्द्र गौतम स्मृतिमा’ र गौतमकृत डायरी ‘अनुसन्धानभित्रको अनुसन्धान’ को चिनियाँ अनुवाद ‘काउन्टर इन्भेस्टिगेसन’ को लोकार्पण गरिएको थियो । कार्यक्रममा गौतमका भाइ उपेन्द्र र छोरा किरणले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।