• ११ पुस २०८१, बिहिबार

विद्यालय शिक्षा विधेयकमा केही कुराहरु छुटेका छन्ः वर्षमान पुन

blog

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमािथ छलफलमा भाग लिँनुहुँदै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ।

काठमाडौं, असोज १९ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पु¥याउने जिम्मा सांसदको हातमा रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँनुहुदै सांसद पुनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकाले पनि विधेयक टुगोंमा पुरायाउने जिम्मा सांसद्हरुको रहेको बताउनुभएको हो ।

उहाँले सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संसोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका  अधिकारहरुलाई समेट्नुपर्ने बताउनु भयो । अहिलेको अवस्थामा समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताउनु भयो । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उहाँको भनाई छ ।

सांसद पुनले भन्नुभयो, ‘सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसदसम्म ल्याइपुराएको छ । सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार पनि गरिसकेको अवस्था छ । सबै माननीयले यसमा पर्याप्त काम गरौँ । संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्छ । समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी छ । त्यो भनेको वैज्ञानिक शिक्षाको कुरा हो । प्राविधिक शिक्षाको कुरा हो । देशभक्त नागरिक तयार गर्ने कुरा हो । त्यस अनुसार शिक्षा विधेयकलाई समृद्ध गर्न आवश्यक छ ।

संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु पुगेको छैन भनेर सार्वजनिक रुपमा प्रश्नहरु पनि उठेको छ । त्यसलाई संशाेधनमार्फत परिमार्जन गर्न सकिन्छ । शिक्षा राज्यको दायित्व हो । त्यसमा विभिन्न पक्षहरुसंग सहकार्य गरेर जानुपर्छ ।’ उहाँले संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्ने बताउनु भयो ।