• १ जेठ २०८२, बुधबार

धारामा चिप्लिएर एकको मृत्यु

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज १९ गते । गुल्मीमा धारामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४, ग्वादिकाचौर बस्ने ४१ वर्षीय सुखबहादुर कुमालको धारामा चिप्लिएर मृत्यु भएको वामी प्रहरी चौकीले जनाएको छ ।

घरनजिकै छिमेकीको धारामा पानी पिउनेक्रममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका कुमालको उद्धार गरी उपचारका लागि लैजाने तयारी हुँदैगर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते कुमाललाई कुर्घा स्वास्थ्य चौकीमा लग्दा स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेको वामी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

वामी प्रहरी चौकीको टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान सकेको जनाएको छ । मुचुल्कापछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उहाँले बताउनुभयो ।