• ९ मंसिर २०८१, आइतबार

सिम्रन स्याङ्जामा भाइरल

blog

स्याङ्जा समाचारदाता

स्याङ्जा, असोज २ गते । आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बागलुङकी सिम्रन परियारले स्याङ्जाको अर्जुनचौपारीमा दर्शकको मन जित्नुभएको छ ।

महिलाको महान् चाड हरितालिका तिजका अवसरमा दलित उत्थान केन्द्र, अर्जुनचौपारीद्वारा सोमबार आयोजित रामाइलो तिज मेलामा उहाँ आफ्नो प्रस्तुतिले दर्शकमाझ भाइरल हुनुभएको हो ।

‘जुन दिन भन्थ्यौ...’ बोलको गीतले मेलामा आफ्नो प्रस्तुति सुरु गरी सिम्रनले दर्शकलाई नचाउनुभएको थियो । ‘माया गर्ने मुटुमा घाउ छ...’ ‘यो आँखाको तिमी गाजल बन्नु है...’ लगायत पाँच वटा गीत गाएर उहाँ दर्शकमाझ भाइरल बन्नुभएको थियो । छोटो समयमा गायनको छेत्रमा उदाएकी सिम्रनले मेलामा सयाैँको सङ्ख्यामा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन गराउनुभयो । 

मेलामा युस्कल परियार र पवित्रा काफ्लेले समेत आआफ्ना प्रस्तुतिबाट दशर्कलाई नचाउनुभयो । स्थानीय आमा समूहको तिज गीत प्रतिस्पर्धा र एकल तथा सामूहिक नृत्य प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।