• २० असोज २०८१, आइतबार

हाम्रो सम्पदा

पाल्पाको सिद्ध बाबा मन्दिर (फोटो फिचर)

blog

पाल्पा, भदौ २४ गते । पाल्पाको तिनाउ गाउँपालिका वार्ड नं ३ मा अवस्थित प्रख्यात सिद्ध बाबा मन्दिर। यो मन्दिर बुटवल र पाल्पाको नदीको दोभानमा रहेको छ। बुटवलबाट पाल्पा जाँदा राजमार्गको दाहिने तर्फको उकालोमा रहेको छ। पुरातात्त्विक, धार्मिक एवं पर्यटकीय स्थलको रूपमा परिचित रहेको छ। 

यस मन्दिरको स्थापनाको सम्बन्धमा दक्षिण भारत उज्जैनका चक्रवर्ती राजा भर्तृहरिलाई १८ बर्सकै उमेरमा वैराग्य उत्पन्न भएछ। यसरी वैराग्यका यी राजा आफ्ना गुरु गोरखनाथबाट शिक्षा प्राप्त गरी हिँडेछन् र यही मन्दिरमा पुगेछन्। मन्दिरको नजिकै भगवान् शिवको तपस्यामा तल्लीन भएछन्। तपस्याबाट ती राजालाई अष्टसिद्धि प्राप्त भएछ। 

 यस मन्दिरमा पूजा अर्चना गर्नाले आफ्नो मनोकामना पूरा हुने जनविश्वास समेत रहेको छ। यस मन्दिरमा विभिन्न चाडपर्व शिवरात्रि, एकादशी, पूर्णिमा र विशेष गरी शनिवारका दिन अत्यधिक भक्तजनहरूको भिड हुने गर्दछ। मन्दिर भित्र आकर्षक शिव लिङ्ग लगायत विभिन्न अन्य देव देवताहरूका मूर्ति रहेका छन्। स्थानीयवासी यही मन्दिरमा भगवान्को साक्षी राखेर विवाह, व्रतबन्ध आदी गर्ने गर्दछन्। यही मन्दिर नजिक अत्यधिक पहिरो समेत गई बाटो समेत बन्द हुने गर्दछ तर आजसम्म यो मन्दिरलाई पहिरोले कुनै क्षति भने पुर्‍याएको छैन। यस स्थललाई सिद्ध पुरुष भर्तीहरिको तपो भूमि एवं रामपिथेकसको विचरण स्थल पनि भनिन्छ।