• १२ साउन २०८१, शनिबार

तिथि विवादले एउटै पर्वका लागि दुई पटक सार्वजनिक बिदा

blog

धनगढी, भदौ २१ गते । पर्व मनाउने तिथि विवादका कारण एउटै पर्वको अवसरमा दुई चोटि सार्वजनिक बिदा दिइएको छ । 

सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा मनाउने गौरा पर्वको अवसरमा धनगढी उपमहानगरपालिकामा दुई चोटि सार्वजनिक बिदा दिइएको हो । यसअघि, भदौ ७ गते गौरा पर्व मनाइएको थियो । सो पर्वको अवसरमा भदौ ७ गते सङ्घीय सरकारले र ८ गते प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिएको थियो । 

तर, स्थानीय ज्योतिषीहरूको भनाइ र निर्णय अनुसार कतिपयले भदौ २१ गते गौरापर्व मनाइरहेका छन् । त्यसको अवसरमा फेरि स्थानीय सरकारले भदौ २१ गते एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो । धनगढी उपमहानगरपालिकाको हिजोको निर्णय अनुसार सार्वजनिक बिदा दिएको सो पालिकाले सूचना प्रकाशित गरेर जनाएको छ । योसँगै गौरापर्वको अवसरमा मात्रै धनगढीमा भएको सार्वजनिक बिदा दिएको दिन सङ्ख्या तीन पुगेको छ ।    


Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।