• २३ असार २०८१, आइतबार

चौपायाको कब्जामा धनगढीको सडक (फोटो फिचर)

blog

धनगढी, भदौ ९ गते । यातायात आवतजावतमा सहजता छैन धनगढी आसपासका मुख्य सडकमा  । छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गर पछि सयौँ सवारीसाधनले सस्ती खेप्नुपरेको छ । 

यहाँको सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी र स्थायी राजधानी गोदावरी (अत्तरिया) जोड्ने छ लेन सडकमा गाईबस्तुको राज हुने गरेको छ । १४ किलोमिटर लामो सो सडकको चटकपुर बोराडाँडी खण्डमा गाईबस्तु सडकमै आउँदा सवारी चालकहरूलाई सवारी साधन चलाउन कठिनाइ हुने गरेको छ । 

स्थानीयवासीले दुध दिन छोडेपछि घर निकाला गरेका गाईबस्तु सडकमा भेटिने गरेका हुन । सडकमा छाडिने गरिएका चौपायालाई नियामक निकायले नियन्त्रणमा नराख्ने र सडकमा छाड्नेहरूलाई पहिचान गरी कारबाही गर्न जोडदार माग गर्दै आएका छन् । कोशी प्रदेशमा पशु अधिकारको कुरा उठेको वेला यसरी सुदूरपश्चिममा समेत पशुलाई सडकमा छाड्नु गलत भएको भन्दै तत्काल कारबाही गर्नुपर्ने माग उठ्ने गरेको छ ।