• ९ मंसिर २०८१, आइतबार

इटालीमा बढे अन्तर्राष्ट्रिय पर्यटक

blog

काठमाडौं, साउन ३१ गते । इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मङ्गलबारबाट सुरु भएको छ । बिदाको सुरुवाती दिन मङ्गलबार इटालीमा पर्यटकहरुको रेकर्ड ब्रेक भएको बताइएको छ ।

कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको हो । यस वर्ष इटालीमा अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या धेरै हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ मा ९६ मिलियन पर्यटकले इटालीको भ्रमण गरेका थिए । यो हालसम्मकै उच्च सङ्ख्या थियो । तर यस वर्ष भने सो सङ्ख्याभन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्याङ्कका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थव्यवस्थामा ०.३ प्रतिशतको गिरावट आएको छ । तर जुलाईमा भने गत वर्षको तुलनामा ५.९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ । अहिले पर्यटकहरुको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरुको भनाइ छ ।