• १३ साउन २०८१, आइतबार

देशभर २७ प्रतिशत रोपाइँ

blog

फाइल तस्बिर

 काठमाडौं, असार २२ गते। मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ।

गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो।

 प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो।

विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो।

 आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ।  रासस