• १३ साउन २०८१, आइतबार

बढ्यो सुनचाँदीको मूल्य

blog

काठमाडौं, जेठ ३० गते  । मङ्गलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा तीन सय र चाँदी तोलामा पाँच रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार सात सय र तेजाबी सुनको मूल्य एक लाख १२ हजार १५० तोकिएको महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य १४ सय ५० रुपियाँ तोकिएको छ ।

सोमबार छापावाल सुन एक लाख १२ हजार चार सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ८५० रुपियाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदी १४ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।